२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

‘कमेडी च्याम्पियन ’ बने हिमेश पन्त

- नबिन अवस्थी शनिबार ०१, चैत २०७६ ०७:५९

‘कमेडी च्याम्पियन ’ बने हिमेश पन्त

काठमाडाैं ।  नेपालकै पहिलो  कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधि धादिङका हिमेश पन्तले जितेका छन्।

शनिबार भएको फाइनलमा दुई प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘कमेडी च्याम्पियन’को उपाधि हात पारेका हुन्।

सुमन कोइराला, खड्गबहादुर पुन मगर र हिमेश पन्त फाइनलका पुगेका थिए।

उनले २५ लाख नगद र कार प्राप्त गरेका छन्। महजाेडि मदनकृष्ण श्रेष्ठ र हरिबशं अाचार्यले पुरस्कार चेक तथा कारकाे साचाे प्रदान गरेका थिए । 


#कमेडी च्याम्पियन

प्रतिकृया दिनुहोस