२०८१ बैशाख २२ गते शनिबार | 4 May, 2024

थप १ हजार ३८२ जनामा कोरोना संक्रमण पुष्टि,२३ जनाको मृत्यु

- विशेष खबर मङ्गलबार २३, मङि्सर २०७७ ०४:५५

थप १ हजार ३८२ जनामा कोरोना संक्रमण पुष्टि,२३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा मंगलबार थप १ हजार ३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा ३७० जना महिला र ६४४ जना पुरुष रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ । 

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १७ लाख ९९ हजार ६८६ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ८ हजार ९४७ पीसीआर परीक्षण भएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या १२ हजार ६८६ छ भने क्वारेन्टाइनमा रहनेको संख्या ५२३ जना रहेका छन् ।

यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ६२१ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा योसँगै निको हुनेको २ लाख २९ हजार ५४ पुगेको छ । त्यसका साथै २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ६३७ पुगेको छ ।


प्रतिकृया दिनुहोस