२०८१ जेठ ०८ गते मङ्गलबार | 21 May, 2024

दार्चुलामा ट्रक दुर्घटना : तीन जनाको घटनास्थलमै मृत्यु

- रासस सोमबार २२, मङि्सर २०७७ १०:२६

दार्चुलामा ट्रक दुर्घटना : तीन जनाको घटनास्थलमै मृत्यु

दार्चुला । महाकाली राजमार्गअन्तर्गत गोकुलेश्वर-दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–१ भर्तोलामा आइतबार राति ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीका २४ वर्षीय शेरसिंह कार्की रहेका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए । मृतक अन्य दुईको पहिचान हुन सकेको छैन । उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको हो ।

गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलङ्गातर्फ गइरहेको ना ३ ख ३४८५ नम्बरको ट्रक गए राति सवा १० बजे दुर्घटनामा परेको हो । ट्रक सडकबाट झन्डै १२० मिटर तल खसेको छ ।

ट्रकमा सवार तीनै जनाको मृत्यु भएकाले दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । मृतकहरूको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।


#दुर्घटना

प्रतिकृया दिनुहोस