२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

जापानको वेरोजगार दर तीन वर्ष यताकै उच्च

एजेन्सी मङ्गलबार १६, मङि्सर २०७७ ०६:४३

जापानको वेरोजगार दर तीन वर्ष यताकै उच्च

टाेकियाे। जापानको वेरोजगार दर अक्टोबरमा तीन वर्ष यताकै उच्च विन्दुमा पुगेको जfपानको सरकारी तथ्याकंले देखाएको छ ।

वेरोजगार दर वृद्धि हुनुलाई कोरोना भाइरस महामारीसँग जोडेर हेरिएको छ । महामारीका कारण व्यवसायिक गतिविधि नराम्रोसँग प्रभावित बनेको र यसको प्रभाव रोजगार क्षेत्रमा पनि परेको जापानको ठहर छ । 

जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार जापानमा अक्टोबरमा ८० हजार व्यक्ति वेरोजगार बनेसँगै  कूल वेरोजगार व्यक्तिको संख्या २१ लाख ४० हजार पुगेको छ । 

जापानमा सेप्टेम्बरको तुलनामा पुरुषतर्फको वेरोजगार ०.२ प्रतिशतले वृद्धि हुँदा यो संख्या ३.४ पुगेका तर महिलातर्फको वेरोजगार दर (२.७ प्रतिशत)मा कुनै परिवर्तन नदेखिएको पनि तथ्याकंले देखाएको छ । 

त्यसैगरी रोजगारी उपलब्धता दर सेप्टेम्बरमा १.०३ रहेकोमा अक्टोबरमा १.०४ मा पुगेको अर्थात् हरेक १०० व्यक्तिका लागि १०४ पद खाली रहेको र यो सन् २०१९ को अप्रिलपछि पहिलो पटक सुधार भएको बताइएको छ । कोरोनाकालमा पनि रोजगारी उपलब्धता दर बढ्नुलाई सकारात्मक सूचकका रूपमा हेरिएको छ ।

जापान सरकारले महामारीका कारण आर्थिक सकंटमा परेका कम्पनीलाई राहतस्वरूप करमा विभिन्न छुटको योजना अघि सारेको छ ।

अर्थशास्त्रीहरूका अनुसार जापानले श्रम बजारलाई जटिल सकंटबाट बचाएको छ । राहत कार्यक्रम आगामी फेब्रुअरीसम्मका लागि तय गरिएकोमा यसलाई बढाएर मार्चसम्म पुर्याइएको छ ।


#जापान

प्रतिकृया दिनुहोस