२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

७२ प्रतिशत नेपाली जनतालाई कोभिड खोप उपलब्ध गराउँछौं  ः मन्त्री ढकाल

- विशेष खबर सोमबार १५, मङि्सर २०७७ ०८:१४

७२ प्रतिशत नेपाली जनतालाई कोभिड खोप उपलब्ध गराउँछौं  ः मन्त्री ढकाल

चितवन । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड–१९ विरुद्धको खोप ७२ प्रतिशत जनतालाई उपलब्ध गराउने बताएका छन् । 

भरतपुर अस्पतालको आज आकस्मिक सेवा भवन र सरुवा रोग सेवा भवनको शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री  ढकालले १४ वर्ष मुनिकाका बालबालिकाका लागि खोप परीक्षण नै नगरिएकाले लगाउन नमिल्ने बताए । 

'खोप कति अनुदानमा र कति खरिद गरेर ल्याउने भन्ने विषयमा सरकारीले निर्णय गर्नेछ', ढकालले भने, 'खोप विश्व स्वास्थ्य सङ्गठनले प्रमाणित गरे लगत्तै नेपालमा पनि उपलब्ध हुन्छ ।' 

मन्त्री ढकालले भने, कोरोना उपचार र नियन्त्रणका लागि सरकारले गरेको काम उल्लेखनीय रहेको बताउँदै आर्थिक रुपमा विकसित देशसमेत यसको उपचार र रोकथामका लागि घुँडा टेकेका छन् । तर हामीले गरेको सेवा गर्भ गर्न लायक छ । 

कोरोनाबाट बच्नका लागि सामाजिक दूरी नै महत्वपूर्ण रहेको र साझा मोर्चाबाट काम गरेर राेगलाई नियन्त्रण गर्नुपर्ने भन्दै सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्न उनले आग्रह समेत गरे ।

    

  


#काेराेना खाेप

प्रतिकृया दिनुहोस