२०८१ बैशाख १२ गते बुधबार | 24 April, 2024

सुनको भाउ लगातार ओरालो, सोमबार प्रतिताेला ९० हजारमा काराेबार

- विशेष खबर सोमबार १५, मङि्सर २०७७ ०३:०७

सुनको भाउ लगातार ओरालो, सोमबार प्रतिताेला ९० हजारमा काराेबार

काठमाडौं । नेपाली बजारमा सुनको भाउ लगातार ओरालो लागेको छ । आइतबारको तुलनमा सोमबार सुनको भाउ तोलामा ७ सय रुपैयाँले  घटेको छ ।

आइतबार प्रतितोला ९० हजार ७ सय रुपैयाँ मूल्य कायम भएको छापावाल सुनको भाउ सोमबार भने ९० हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै सोमबार तेजाबी सुन प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार भने तेजाबी सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबारको तुलनामा सोमबार चाँदीको भाउ पनि प्रतितोला ३० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला १ हजार १ सय ५० रुपैयाँ कायम भएको चाँदीको भाउ मंगलबार १ हजार १ सय २० रुपैयाँमा झरेको छ ।

यसअघि कात्तिक २५ गते नेपाली बजारमा एकैदिन सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँभन्दा बढीले घटेको थियो । कात्तिक २४ गते प्रतितोला ९८ हजार २ सय रुपैयाँ मूल्य कायम भएको छापावाल सुनको भाउ कात्तिक भने ९४ हजार ८ सय रुपैयाँमा झरेको थियो ।


#सुनचाँदी

प्रतिकृया दिनुहोस