शुक्रबार ३०, फागुन २०७६ ०१:११
जनकपुर । धनुषामा घरेलु मदिरा सेवनबाट एकै गाउँका पाँच को मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार क्षिरेश्वरनाथ नगरपालिका–२ स्थित रमदैया भवाडीमा मदिरा सेवनबाट बिहीबार राति पाँच जनाको मृत्यु भएको हो ।
विषाक्त मदिरा सेवन गर्दा क्षिरेश्वनाथ नगरपालिका–२ रमदैयाका ३५ वर्षीय ब्रहमहेव यादव, ४० वर्षीय रामविलास मण्डल, ६५ वर्षीय गुदरी महरा, क्षिरेश्वनाथ–१ का ३६ वर्षीय रामनारायण महरा, भारत घर भइ रमदैया बस्दै आएका ३० वर्षीय राजु महराको मृत्यु भएको जिल्ला प्रहरी धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले बताए ।
प्रहरी प्रवक्ता कार्कीले ले होली पर्वमा अत्यधिक घरेलु मदिरा सेवनको उनीहरुको मृत्यु भएको बताए। मृतकलाई जिल्ला प्रहरी कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा ल्याएको जनाएको छ ।
घटनाको अनुसन्धानमा मृतकको घरपरिवारसँग सोधपुछ जारी रहेको प्रहरीको भनाइ छ ।
प्रतिकृया दिनुहोस