२०८१ बैशाख २७ गते बिहिबार | 9 May, 2024

उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

- विशेष खबर आइतबार १४, मङि्सर २०७७ ०६:११

उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष पदमा चन्द्र ढकाल विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्दी किशोर  प्रधानलाई पराजित गर्दै उनी वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् ।

विजयी भएका ढकालले ३० प्रतिशत मतभार हुने एशोसियटमा ५२२ मत ल्याए भने प्रधानले ३७५ मत ल्याए ।

यस्तै २० प्रतिशत मतभार भएको वस्तुगतमा ५९ मत ल्याए भने प्रधानले ३९ मत ल्याए । ५० प्रतिशत मतभार रहेको जिल्ला नगरमा ढकालले ५२ मत र प्रधानले ५३ मत प्राप्त गरे ।                                               

निजी क्षेत्रको छाता सङ्गठन मानिने महासंको नयाँ नेतृत्वका लागि शनिबार मतदान भएको थियो भने साँझदेखि मतगणना सुरु भएको थियो ।       

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने भएकाले सो पदमा भने मतदान भएन । जसअनुसार शेखर गोल्छा स्वतः अध्यक्ष चयन भएका छन् ।  

नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकालले शेखर गोल्छापछि महासंघको नेतृत्व सम्हाल्नेछन् ।

वरिष्ठ उपाध्यक्षका लागि  ढकाल र प्रधान प्यानल नै बनाएर निर्वाचनमा उत्रिएका थिए ।  महासङ्घको मतदानका लागि जिल्ला र नगरका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एशोसिएटका लागि कार्की ब्याङ्केट र वस्तुगतका लागि महासंघको केन्द्रीय कार्यालयमा मतदान गरिएको थियो ।


#नेपाल उद्योग वाणिज्य महासंघ

प्रतिकृया दिनुहोस