२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

दिल्लीका विद्यालय र सिनेमा हल एक महिना बन्द गर्ने निर्णय

बिहिबार २९, फागुन २०७६ ०७:४३

दिल्लीका विद्यालय र  सिनेमा हल  एक महिना बन्द गर्ने निर्णय

नयाँदिल्ली  ।  भारतको नयाँदिल्ली राज्य सरकारले कोराना भाइरस महामारी घोषणा गर्दै एक महिनाका लागि सबै सिनेमा घर, विद्यालय तथा कलेजहरु बन्द गर्न निर्देशन दिएको छ । 

हालसम्म दिल्लीमा ६ जनामा कोरोना पुष्टि भएको छ । संक्रमणको जोखिमलाई न्यून गर्न दिल्लीको अरविन्द केजरीवाल नेतृत्वको सरकारले पछिल्लो निर्णय लिएको हो ।

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रीहरुको विदेश भ्रमणमा पनि रोक लगाएको जनाएका छन् । मोदीले ट्विट मार्फत् त्यसको जानकारी गराएका हुन् । साथै उनले नागरिकहरुलाई अत्यावश्यक काममा बाहेक यात्रा नगर्न पनि अनुरोध गरेका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म भारतमा ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोछ ।

 


#कोरोना भाइरस

प्रतिकृया दिनुहोस