२०८१ मङि्सर १० गते सोमबार | 25 November, 2024

पूर्वयुवराज पारस अस्वस्थ

बुधबार १०, मङि्सर २०७७ १०:१९

पूर्वयुवराज पारस अस्वस्थ

चितवन । पूर्वयुवराज पारस शाहको छातीमा समस्या आएपछि अस्वस्थ भएका छन् । नारायणगढस्थित एक होटलमा मङ्गलबार साँझ आएर बसेका शाहलाई बुधबार साँझबाट छातीमा समस्या देखिएको हो ।

शाह बिरामी भएपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा श्यामराज रेग्मीसहितको चिकित्सक टोलीले परीक्षण सुरु गरेको छ । रेग्मीका अनुसार उनलाई होटलमै इसिजी र रगत परीक्षण गर्न लागिएको छ । 

इसिजी र रगत परीक्षणको नतिजा आएपछि छातीको समस्याबारे यकिन हुने उनले जानकारी दिए।
 
रेग्मीका अनुसार शाहमा मुटुसम्बन्धी पुरानै समस्या रहेको थियो । सोही समस्या बल्झिएको अनुमान चिकित्सकले गरेका छन् ।


प्रतिकृया दिनुहोस