२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

सुनकाे मुल्य एक हजार घट्याे

- विशेष खबर बुधबार १०, मङि्सर २०७७ ०१:३४

सुनकाे मुल्य एक हजार  घट्याे

काठमाडौं । सुनको भाउ आरालो लाग्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । बुधबार सुनको प्रतितोला मूल्य एक हजार रुपैयाँले सस्तिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार प्रतितोला एक हजार आठ सय रुपैयाँले सुनको भाउ घटेको थियो ।

महासंघले बुधबारको कारोबारका लागि छापावाल सुनको मूल्य ९१ हजार पाँच सय रुपैयाँ तोकेको छ । यस्तै तेजावी सुनको कारोबार मूल्य ९१ हजार रुपैयाँ छ ।

मंगलबार छापावल सुनको भाउ ९२ हजार पाँच सय र तेजावी सुन ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले सस्तिएको छ । मंगलबार एक हजार १८० रुपैयाँमा कारोबार भएको चाँदीको बुधबारको भाउ एक हजार १७५ रुपैयाँ तोकिएको छ ।


#सुन चाँदी

प्रतिकृया दिनुहोस