२०८१ मङि्सर ०७ गते शुक्रबार | 22 November, 2024

बेवारिसे शव जलाउने म्याग्दीकी सपना राेका मगर बिबिसीको प्रभावशाली महिलाको सूचीमा

- विशेष खबर मङ्गलबार ०९, मङि्सर २०७७ ११:५७

बेवारिसे शव जलाउने म्याग्दीकी सपना राेका मगर बिबिसीको प्रभावशाली महिलाको सूचीमा
तस्बिरः सपनाकाे फेसबुकबाट ।

काठमाडौं । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को प्रभावशाली महिलाको सूचिमा परेकी छन् ।

बीबीसीले मंगलबार सन् २०२० को १०० प्रभावशाली महिलाको सूचि सार्वजनिक गरेको हो । 

बिबिसीको उक्त सूचीमा फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन, मलेसियाकी चर्चित अभिनेत्री मिसेल योह, अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको कोरोनाभाइरसविरूद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट पनि छन्।

सपनाले तीन दर्जन भन्दा बढी बेवारिसे शव जलाइसकेकी छन् । सपनाले विनयजंग बस्नेत अध्यक्ष रहेको बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमार्फत लकडाउनका बेला निःशुल्क खाना खुवाउँदै आएकी छन् ।


#प्रभावशाली महिला

प्रतिकृया दिनुहोस