२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

महोत्तरीमा एक बालिकाको हत्या

मङ्गलबार ०९, मङि्सर २०७७ ०९:५१

महोत्तरीमा एक बालिकाको हत्या

जनकपुरधाम । महोत्तरीको बर्दिबास नगरपालिकामा एक बालिकाको हत्या भएको छ । बर्दिवास नगरपालिका १४ निवासी शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको हत्या भएको हो ।

उनी आइतबार साँझदेखि वेपत्ता थिइन् । उनको शव सोमबार राति घर नजिकैको खेतमा फेला परेको छ ।

बालिकाको हत्या गरेर बोरामा फ्याँकिएको अवस्थामा राति १ बजेतिर शव फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख डिएसपी राजन चापागाईंले जानकारी दिए ।

बालिकाको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौशाला नगरपालिका ५ घर भई बर्दिवासमा किराना पसल सन्चालन गर्दै आएका अरुण कुमार साह छन् ।

बालिकाको बलात्कारपछि हत्या गरिएको आशंका स्थानीयले गरेका छन् । यद्यपि प्रहरीले पोष्टमार्टमको रिपोर्ट नआएसम्म केही भन्न नसकिने जनाएको छ ।

 


#हत्या

प्रतिकृया दिनुहोस