२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई लाख भन्दा बढी

- विशेष खबर सोमबार ०८, मङि्सर २०७७ ०४:४६

नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई लाख भन्दा बढी

काठमाडौं । नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३ हजार ४३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् ।

नेपालमा योसँगै निको हुनेको २ लाख २ हजार ६७ पुगेको छ ।

त्यसका साथै २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ३३७ पुगेको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २२ हजार २८८ रहेको छ ।


#कोरोना संक्रमणमुक्त

प्रतिकृया दिनुहोस