२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

सोमबार थपिए १ हजार ९ सय ८० कोरोना संक्रमित

- विशेष खबर सोमबार ०८, मङि्सर २०७७ ०४:२९

सोमबार थपिए १ हजार ९ सय ८० कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १० हजार ३ सय ८१ पीसीआर परीक्षण भएका छन् ।

मन्त्रालयका अनुसार सोमबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ४३ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख २० हजार ६७ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ सय ३७ पुगेको छ ।


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस