२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

मतगणना उल्ट्याउने ट्रम्पको निवेदन अदालतले गर्याे खारेज

आइतबार ०७, मङि्सर २०७७ ०८:१५

मतगणना उल्ट्याउने ट्रम्पको निवेदन अदालतले गर्याे खारेज

वासिङ्टन (एजेन्सी) । अमेरिकी राज्य पेन्सिल्भेनियामा मतगणनामा धाँधली भएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको उजुरीलाई संघीय अदालतले शनिबार खारेज गरिदिएको छ । 

अमेरिकी राष्ट्रपतिको निर्वाचनमा पराजय स्वीकार्नु सट्टा राष्ट्रपति ट्रम्पले विभिन्न राज्यको मतगणनामा धाँधली भएको भन्दै उजुरी दिइरहका छन् ।  तर पेन्सिल्भेनिया राज्यका न्यायाधीशले दिएको फैसलाले ट्रम्पको अभियानमा ठूलो धक्का लागेको छ । 

यो निर्णयसँगै पेन्सिल्भेनिया राज्यले राष्ट्रपतिका डेमोक्रेट उम्मेदवार जो बाइडेनको पक्षमा मतपरिणाम सदर गर्न बाटो खुलेको छ । अब सोमबार पेन्सिल्भेनिया राज्यले बाइडेन विजयी भएको प्रमाणपत्र दिनेछ ।

आगामी जनवरी २० मा राष्ट्रपतिको शपथ कार्यक्रम नजिकिँदै जाँदा ट्रम्पको कानुनी टोलीले भने केही राज्यबाट बाइडेनलाई विजयी भएको प्रमाणपत्र दिन ढिलाई गर्ने योजनामा ध्यान दिइरहेको छ । तर ट्रम्पको कानुनी टोलीले दर्ता गरेका कैयौं निवेदनलाई सम्बन्धित राज्यका न्यायाधीशहरुले पर्याप्त आधार प्रमाणको अभाव भन्दै खारेज गरिदिएका छन् । 

न्यायाधीश म्याथ्यू ब्रानले आफ्नो आदेशमा ट्रम्पको कानुनी टोलीले पेन्सिल्भेनिया राज्यमा हुलाकबाट प्राप्त मतपत्रका बारेमा उचित र पर्याप्त प्रमाण पेश गर्न नसकेको बताएका छन् ।

ट्रम्पले चुनावी परिणामलाई अझै स्वीकार्न नचाहेका कारण राष्ट्रपतिको औपचारिक निर्वाचनमा अन्यौल कायमै छ । राष्ट्रपति ट्रम्प सहित उनको दल रिपब्लीकन पार्टीका बहुमत सदस्यले डेमोक्रेट उम्मेदवार बाइडेनलाई खुलेर समर्थन गरेका छैनन् ।

केही झिनो संख्याका रिपब्लीकन सदस्यहरुले मात्र चुनावी परिणामलाई स्वीकार्नु पर्ने बताउँदै आएका छन् । 

पेन्सिल्भेनियाको अदालतको आदेश लगत्तै रिपब्लीकन पार्टीका तर्फबाट सिनेट सदस्य प्याट टूमीले बाइडेनले सन् २०२० को राष्ट्रपति निर्वाचन जितेकाे र उनि नै अमेरिकाको ४६औं राष्ट्रपति हुने धारणा अघि सारेका छन् । 


#अमेरिकी राष्ट्रपतिको निर्वाचन

प्रतिकृया दिनुहोस