२०८१ मङि्सर ०७ गते शुक्रबार | 22 November, 2024

विप्रेषण कारोबारमा आइएमईलाई लगातार चौथो सम्मान

- विशेष खबर आइतबार ०७, मङि्सर २०७७ ०७:२८

विप्रेषण कारोबारमा आइएमईलाई लगातार चौथो सम्मान

काठमाडौं।आइएमई रेमिट विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रुपमा सम्मानित भएको छ ।

आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेकोमा यो सूचीमा आइएमई विप्रेषण क्षेत्रमा पहिलो कम्पनी पर्न सफल भएको हो ।

विप्रेषणको कारोबार गर्ने मध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाताको रुपमा आइएमईलाई यो लगातार चौथो सम्मान हो ।

श्रमका लागि विदेशमा गएका युवाले आर्जन गर्ने रेमिटेन्स बैंकिङ्ग संजाल मार्फत नेपाल भित्र्याउने उद्देश्यले आजभन्दा वीस वर्षअघि स्थापित आइएमईलाई नेपालको समग्र रेमिटेन्स व्यवसाय संस्थागत गरेको श्रेय जान्छ ।

आइएमई विदेशबाट बैंकिङ्ग च्यानलमार्फत नेपालमा विप्रेषण भित्र्याउने नेपालको अगुवा संस्था हो ।   
 


#आइएमई

प्रतिकृया दिनुहोस