२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

चिकित्सकमा कोरोना संक्रमण भएपछि हुम्ला जिल्ला अस्पताल बन्द

- रासस आइतबार ०७, मङि्सर २०७७ ०६:००

चिकित्सकमा कोरोना संक्रमण भएपछि हुम्ला जिल्ला अस्पताल बन्द

सुर्खेत । एकजना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला अस्पताल हुम्लाका आकस्मिक बाहेक सबै सेवा बन्द गरिएको छ ।

आज बिहान २८ वर्षीय चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक र प्रसूतिबाहेकका सम्पूर्ण सेवा अनिश्चित समयका लागि बन्द गरिएको अस्पतालले जनाएको छ ।    

स्वास्थ्यकर्मीलाई सङ्क्रमण देखिन थालेपछि जिल्लामा संक्रमणको जोखिम बढेको अनुमान गरेर अस्पताल प्रशासनले सूचना टाँस गरेर सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिए । उनले संक्रमण चिकित्सकका सम्पर्कमा आएका अन्य सबै स्वास्थ्यकर्मीको स्वाब संकलन गरिने बताए ।

यसअघि एकजना अनमीमा कोरोना पुष्टि हुँदा जिल्ला अस्पतालका सम्पूर्ण सेवा बन्द गरिएको थियो । 
 


#जिल्ला अस्पताल हुम्ला

प्रतिकृया दिनुहोस