२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

थप १ हजार ६६९ जनामा कोरोना संक्रमण पुष्टि,५ हजार ६९९ जना संक्रमणमुक्त

- विशेष खबर आइतबार ०७, मङि्सर २०७७ ०४:४५

थप १ हजार ६६९ जनामा कोरोना संक्रमण पुष्टि,५ हजार ६९९ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार थप १ हजार ६६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले यो सँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको बताए । 

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ६० हजार ७५ परीक्षणहरु गरिएका छन् ।

२४ घण्टामा जम्मा ८ हजार ३२ पीसीआर परीक्षण भएका छन् । देशभरी सकृय संक्रमितको संख्या हालसम्म १९ हजार ९६३ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६८६ जना रहेका छन् ।

यस्तै  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा मुलुकभरबाट थप ५ हजार ६९९ जना कोरोना संक्रमण निको भएर घर फर्किएका हुन् ।

नेपालमा यो सँगै निको हुनेको १ लाख ९९ हजार २४ संख्या पुगेको छ ।

यस्तै २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३२१ पुगेको छ ।

 


#कोरोना संक्रमण

प्रतिकृया दिनुहोस