२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

सुनको भाउमा समान्य वृद्धि

- विशेष खबर आइतबार ०७, मङि्सर २०७७ ०१:४८

सुनको भाउमा समान्य वृद्धि

काठमाडाैं । सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार  छापावाला सुन प्रतितोला रु ३०० ले वृद्धि भएको छ ।

शुक्रबार पहेँलो धातु प्रतितोला रु ९४ हजारमा कारोवार भएकामा आज रु ९४ हजार ३०० पुगेको छ । 

यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला रु ९३ हजार ५०० मा कारोवार भएकामा आज रु ९३ हजार ८०० मा कारोवार भएको छ । यस्तै चाँदीको मूल्य भने स्थिर  छ । चाँदी प्रतितोला रु एक हजार २१० मा कारोवार भएको छ । 


प्रतिकृया दिनुहोस