२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

कार र टिपर ठोक्किदा एकजनाकाे मृत्यु

आइतबार ०७, मङि्सर २०७७ ०१:१४

कार र टिपर ठोक्किदा एकजनाकाे मृत्यु

धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत गजुरी गाउँपालिका वडा नम्बर ५ गलौँदीमा आज बिहान कार र टिपर ठोक्किएर दुर्घटना हुँदा सल्यानटारका दीपेश केसीको ज्यान गएको छ ।

मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको बा २ ज २३५६ नम्बरको कार र विपरीत दिशाबाट आएको बा ४ ख ८१४३ नम्बरको टिपर ठोकिँदा कारमा सवार त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ का २४ वर्षीय केसीको मृत्यु भएको हो । 

दुर्घटनामा तीन जना घाइते भएका छन् । दाङ शान्तिनगर नगरपालिका वडा नम्बर ९ का ३८ वर्षीया वर्षा केसी र काठमाडौँ कलङ्की निवासी  सुधीर सुवेदी गम्भीर घाइते भएकाे प्रहरीले जनाएकाे छ । एक जनाको सामान्यावस्था छ ।

घाइतेलाई गजुरी अस्पतालमा सामान्य उपचारपछि काठमाडाैं ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ ।  


#दुर्घटना

प्रतिकृया दिनुहोस