२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

मंसिर ८ गते देखि पाँच दिनसम्म झुलाघाट नाका खुल्ने

- विशेष खबर शनिबार ०६, मङि्सर २०७७ १०:४४

मंसिर ८ गते देखि पाँच दिनसम्म झुलाघाट नाका खुल्ने
फाइल तस्बिर ।

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पाँच दिनका लागि खोलिने भएको छ। मंसिर ८ गते देखि मंसिर १२ गते सम्मका लागि नाका खुला गरिने  भएको हो।

भारतीय पेन्सनधारी नेपाली नागरिकलाई पेन्सन बुझ्नका लागि सहज होस् भनेर पाँच दिनका लागि नाका खोल्ने तयारी भएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिएका छन्। 

‘लामो समयदेखि पेन्सन बुझ्न नपाएकाहरूका लागि हामीले नाका खोल्ने तयारी गरेका हौं। दुवै देशका स्थानीय प्रशासनको सहजीकरणमा नाका खोल्ने तयारी भएको हो’, उनले भने।

नेपाल सरकारको निर्णय, जिल्ला प्रशासन कार्यालय बैतडी र डिएम कार्यालय पिथौरागढको समन्वयमा नाका खोल्ने तयारी भएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए।  

पेन्सनधारी नागरिकहरूले कोरोनाका कारण सीमा नाका बन्द भएपछि गएको चैतदेखि पेन्सन बुझ्न पाएका छैनन्। 

नाका खुलेको समयमा पेन्सनधारी नागरिकका साथै अत्यावश्यक र आकस्मिक काम परेकाहरूले समेत आवतजावत गर्न पाउने प्रशाशनले जनाएको छ।  

 


#झुलाघाट नाका

प्रतिकृया दिनुहोस