२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

कलंकीमा ट्रकले मिनीट्रकलाई ठक्कर दिँदा ३ को मृत्यु, १ जना घाइते

बिहिबार २७, कार्तिक २०७७ ०८:२३

कलंकीमा ट्रकले मिनीट्रकलाई ठक्कर दिँदा ३ को मृत्यु, १ जना घाइते

काठमाडौँ । बिहीबार बिहान क‌लंकीमा ट्रकले मिनीट्रकलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ ।

बल्खुबाट सीतापाइलातर्फ गइरहेको बा ५ ख ८८६५ नम्बरको  ट्रकले मकालु पेट्रोल पम्प अगाडि पार्किङ गरिराखेको  बा ३ ख ७५३० नम्बरको मिनी ट्रकलाई ठक्कर दिँदा ३ को मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा नुवाकोट सुन्दरादेवीका २४ वर्षीय रोशन तामाङ, तारकेश्वर गाउँपालिकाका ३७ वर्षीय माधव घिमिरे र अर्का एक जनाको नाम खुलिसकेको छैन ।

दुर्घटनामा नुवाकोट तार्केश्वरका २२ वर्षीय विजय तामाङ घाइते भएको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएकाे छ ।

दुर्घटनालगत्तै गम्भीर घाइते भएका चारै जनालाई कलंकीस्थित सहिद मेमोरियल अस्पताल लगिए पनि तीन जनालाई चिकित्सकले मृत्त घोषणा गरेका दिए ।


प्रतिकृया दिनुहोस