२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

कोरोनाबाट दुई दिनको फरकमा दम्पतीको मृत्यु

बुधबार २६, कार्तिक २०७७ ०३:३६

कोरोनाबाट दुई दिनको फरकमा दम्पतीको मृत्यु

काठमाडाैं । धरान उपमहानगरपालिका–१४ विजयपुरमा कोरोनाले दुई दिनको फरकमा पति र पत्नीको मृत्यु भएको छ । पत्नीको मृत्यु भएको तीन दिनपछि बुधबार बिहान पतिको पनि मृत्यु भएको हो । उनीहरू दुवै जना होम आइसोलेसनमा थिए ।

धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार कात्तिक २४ गते बिहान साढे १० बजे ६७ वर्षीया पत्नीको मृत्यु भएको थियो । उनलाई कोरोनाको लक्षण देखिएपछि २१ गते स्वाब संकलन गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ देखिँदा उनको मृत्यु भइसकेको थियो ।

त्यस्तै ७४ वर्षीय पतिको २१ गते स्वाब संकलन गरिएकोमा दुई दिनपछि रिपोर्ट आउँदा पोजिटिभ देखिएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि प्रतिष्ठानको इमर्जेन्सी कक्षमा उपचारका लागि पुर्‍याइए पनि खासै सुधार नभएपछि परिवारले घरै फर्काएको थियो । दम्पतीमा यसअघि कुनै पनि पुरानो स्वास्थ्य समस्या नरहेको स्वास्थ्य महाशाखा प्रमुख मेहताले बताए ।


प्रतिकृया दिनुहोस