२०८२ असार १७ गते मङ्गलबार | 1 July, 2025

पाकिस्तानमा हिमपहिरो, पाँच जनाको मृत्यु

बुधबार २८, फागुन २०७६ १२:५१

पाकिस्तानमा हिमपहिरो, पाँच जनाको मृत्यु

इस्लामाबाद (एजेन्सी)– पाकिस्तानको उत्तरपश्चिम प्रान्त खैबर पाख्तुनख्वाको हिमाली क्षेत्रमा मंगलबार राति हिमपहिरोमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।

बुधबार स्थानीय सञ्चार माध्यमले जनाएका अनुसार हिमपहिरोमा परी अन्य सात जना घाइते भएका छन् ।

घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ । ती मध्ये धेरैको अवस्था चिन्ताजनक रहेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

हिमपहिरोमा परी कैयौ सवारी साधन प्रभावित भएको र दुई दर्जन भन्दा बढी परी सवारी साधन अझै वेपत्ता रेहको जनाइएको  छ ।  हिमपहिरोमा फसेका व्यक्तिको उद्धार कार्य जारी रहेको समाचारमा उल्लेख छ  ।


प्रतिकृया दिनुहोस