२०८१ मङि्सर ०७ गते शुक्रबार | 22 November, 2024

काबुल बिस्फोटमा एक पत्रकारसहित तीनको मृत्यु

शनिबार २२, कार्तिक २०७७ ०८:२८

काबुल बिस्फोटमा एक पत्रकारसहित तीनको मृत्यु

एजेन्सी । काबुलमा शनिबार भएको विष्फोटमा परी एक पत्रकारसहित तीन व्यक्तिको मृत्यु भएको प्रहरीलाई उद्धृत गरी अफगानिस्तानी समाचार संस्था टोलो न्यूजले उल्लेख गरेको छ ।

 

सरकारले विद्रोही तालिवान समूहले गराएको हुनसक्ने दाबी गरिएको उक्त आक्रमणमा पत्रकार यम सियावाससहितको मृत्यु भएको छ ।


 

पत्रकार तथा अन्य दुई व्यक्तिलाई लक्षित गरी गराइएको विस्फोट स्थानीय स्तरमा नै निर्माण गरिएको बम रहेको प्रहरीले जनाएको छ ।

 

 

शनिबार साझसम्म आक्रमणको कुनै समूह वा व्यक्तिले जिम्मेवारी लिएको छैन ।


प्रतिकृया दिनुहोस