२०८१ मङि्सर १० गते सोमबार | 25 November, 2024

मंसिर २ गतेदेखि खुलामञ्चमा खाना खुवाउन बन्द

शुक्रबार २१, कार्तिक २०७७ ०७:३०

मंसिर २ गतेदेखि खुलामञ्चमा खाना खुवाउन बन्द

काठमाडाैं । मंसिर २ गतेदेखि खुलामञ्चलगायत काठमाडौंका कुनै पनि सार्वजनिक स्थलबाट भोजन सेवा नगराउने सहमति भएको छ।

खुला क्षेत्रबाट सञ्चालन हुँदै आएको निःशुल्क भोजन व्यवस्थापन गर्ने विषयमा शुक्रबार काठमाडौं महानगर र निःशुल्क भोजन व्यवस्थापन गराउँदै आएका पक्षबीच भएको छलफलपछि यस्तो सहमति भएको हो। 

उक्त छलफल निःशुल्क भोजन व्यवस्थापन गर्दै आएका हाम्रो टिम नेपाल, मानवी क्रियसन एसोसिएसन, लायन्स क्लब अफ काठमाडौं, न्यू ग्रिन सिटी, सेभ्स एसोसिएसन अफ नेपाल, हाम्रो सानो प्रयास, गसिब क्वीन नेपाल  हन्ड्रेड ग्रुप, भक्त वीवी फर ह्युमानिटीलगायत संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए। 

यसैगरी महानगरका निर्देशकहरू हरिबहादुर कुँवर, बसन्त आचार्य तथा नगर प्रहरी नायब उपरीक्षक राजु पाण्डे र दिनेश अर्याललगायत अधिकारीहरू सहभागी थिए। 

छलफलमा खुला ठाउँमा खाना खुवाउँदा उत्पन्न भएको सामाजिक प्रतिष्ठा, महामारीको जोखिम बढ्न सक्ने खतरा विषयमा छलफल भएको थियो। त्यही छलफलले निःशुल्क भोजन गराउन चाहने संघसंस्था तथा अभियन्ताले मंसिर १ गते पर्ने भाइटीकाका दिनसम्ममा वैकल्पिक व्यवस्था गरिसक्ने सहमति भएको छ। 

मंसिर २ गते प्रदान गरिने भोजनका लागि वडा र महानगरको समन्वयमा व्यवस्था गर्ने र त्यसै दिनदेखि खुलामञ्चलगायत सार्वजनिक कुनै पनि ठाउँमा निःशुल्क भोजनको व्यवस्था नगर्ने सहमतिमा उल्लेख छ। 


प्रतिकृया दिनुहोस