२०८१ मङि्सर १० गते सोमबार | 25 November, 2024

दशरथचन्द नगरका एक सय विपन्न परिवारलाई खाद्यान्न सहयाेग

सोमबार १७, कार्तिक २०७७ ०३:१९

दशरथचन्द नगरका एक सय विपन्न परिवारलाई खाद्यान्न सहयाेग
साेमबार दशरथचन्द नगरपालिका–५ का विपन्न परिवारकी महिलालाई राहत हस्तान्तरण गर्दै मेयर नरेन्द्रसिंह थापा र उपमेयर मीना चन्द ।

बैतडी । कोरोनाबाट प्रभावित अति विपन्न परिवारलाई राहत वितरण गरिएको छ । दशरथचन्द नगरपालिकाका ११ वटै वडाका १ सय परिवारलाई राहत वितरण गरिएको हो । 

सहिद दशरथचन्द स्मृति प्रतिष्ठानको पहलमा दशरथचन्द नगरपालिका–५ बस्कोट घर भइ काठमाडौंमा होटल व्यवसाय गर्दै आएका कारनिभल रेष्टुरेन्टका प्रबन्ध निर्देशक नितेश चन्दको आर्थिक सहयोगमा नगरपालिका विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको हो ।

वडा कार्यालयको सिफारिसका आधारमा हरेक वडाबाट कम्तीमा ८ परिवार र अन्य गरी एक सय परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको दशरथचन्द नगरपालिकाका सामाजिक शाखा प्रमुख बिनोद चन्दले जानकारी दिए । हरेक परिवारलाई २५ किलो चामल, दाल, तेल र नून वितरण गरेको चन्दले बताए । 

कोरोना महामारीका कारण छाक टार्न समस्यामा परेका विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको प्रबन्ध निर्देशक चन्दले बताए । ‘आर्थिक अवस्था कमजोर भएका परिवारलाई कोरोनाका कारण झन् समस्या भएको छ,’ उनले भने, थोरै भए पनि आफ्नो ठाउका विपन्न परिवारलाई सहयोग गर्न खोजेको हो । राहत दिन पाउदा म खुसी छु ।’ 

काठमाडौमा बस्दै आएका दशरथचन्द नगरपालिका–६ का व्यवसायी दानी चन्द, ललित चन्द, तिला चन्द, निर्मला भट्ट र चन्द्रा एण्ड बसन्त कन्स्ट्रक्सन प्रालिका प्रबन्धक बसन्त चन्दलगायतले राहत सामग्री खरिद गर्न सहयोग गरेकाे कारनिभलका प्रबन्ध निर्देशक नितेश चन्दले बताए । 

कोरोना कहरका कारण सहजै काम गर्न नपाएर छाक टार्न समस्या भइरहेको बेला खाद्यान्न सहयोग पाउदा खुसी लागेको दशरथचन्द नगरपालिका–५ की दुरा दमाईले बताइन् । 

दशरथचन्द नगरपालिकाका मेयर नरेन्द्रसिंह थापा र उपमेयर मीना चन्दले विपन्न परिवारलाई खाद्यान्न हस्तान्तरण गरेका थिए ।

प्रतिष्ठान, व्यवसायी दानी चन्द र चन्द्रा एण्ड बसन्त कन्सट्रक्सनका प्रबन्धक बसन्त चन्दले जिल्ला अस्पताल बैतडीलाई पनि उपकरण सहयोग गर्ने आश्वासन दिएका छन् । जिल्लाको स्वास्थ्य सेवा सुदृढ बनाउन केही उपकरण सहयोग गर्ने बारे अस्पतालसंग सल्लाह भइरहेको कन्सट्रक्सनका प्रबन्धक चन्दले बताए । 


प्रतिकृया दिनुहोस