२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

स्वास्थ्य मन्त्रालयको नियमित कोरोना मिडिया ब्रिफिङ अब सातामा दुई दिन मात्र

बुधबार १२, कार्तिक २०७७ ०७:२१

स्वास्थ्य मन्त्रालयको नियमित कोरोना मिडिया ब्रिफिङ अब सातामा दुई दिन मात्र

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट नियमित प्रसारण हुने कोरोना मिडिया ब्रिफिङ अबदेखि सातामा दुई दिन मात्र हुने भएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले तालिका परिवर्तन भएको भन्दै साताको दुई दिन आइतबार र बुधबारमात्र साविककै समयमा प्रसारण हुने जनाए ।

उनले कोरोना सम्बन्धी तथ्यांक तथा जानकारीका लागि हरेक दिन ४:३० मन्त्रालयको वेबसाइट, फेसबुक, ट्वीटर, भाइबर, स्वास्थ्य मोबाइल एप्लिकेसनलगायतबाट कोरोनासम्बन्धी जानकारी लिन सकिने जनाए ।


#काेराेना

प्रतिकृया दिनुहोस