२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

शुक्रबार ४ हजार ३ सय ९२ कोरोना संक्रमित थपिए

शुक्रबार ३०, असोज २०७७ ०५:३३

शुक्रबार ४ हजार ३ सय ९२ कोरोना संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप ४ हजार ३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको बताएका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ५ सय २२ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ८८ हजार ४० जना पुगेको छ ।


#काेराेना

प्रतिकृया दिनुहोस