२०८२ साउन १६ गते बिहिबार | 31 July, 2025

उदास प्रहरी प्रधान कार्यालयको कदर पत्रद्वारा सम्मानित

शुक्रबार ३०, असोज २०७७ ०३:०९

उदास प्रहरी प्रधान कार्यालयको कदर पत्रद्वारा सम्मानित

रामेछाप । ‘समुदाय – प्रहरी – साझेदारी’ कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा उल्लेख्य भूमिका निर्वाह गरेका मन्थलीका युवा व्यवसायी सुरेश उदासलाई नेपाल प्रहरीले कदर पत्र सहित सम्मान गरेको छ । 

प्रहरी दिवस २०७७ का अवसरमा शुक्रबार जिल्ला प्रहरी कार्यालय रामेछापमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले उदासलाई प्रहरी प्रधान कार्यालयद्वारा प्रदान गरीएको कदर प्रत्र हस्तान्तरण गरेकी हुन

समुदाय प्रहरी साझेदारी कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा उदासबाट सक्रिय सहभागिता, सहकार्य एवं सृजनशीलताको उच्च मूल्यांङ्कन गर्दै उदर पत्र प्रदान गरीएको कदर पत्रमा उल्लेख छ । 

शान्तिदीप युवा क्लब , सामुदायिक प्रहरी सेवा केन्द्र, रामेछाप उद्योग वाणिज्य र संघ र देवकोटाचोक टोल विकास संस्थामा विभिन्न पदमा रहेर उदासले बजार सरसफाई, असक्तलाई सहयोग, शान्ति सुरक्षा, कोभिड– १९ को प्रचार प्रसार, खेलकुद लगाएतका सामाजिक कार्यमा उल्लेख्य कार्य गर्दै आइरहेका छन् । उनी आईएमई मनि ट्रान्सफरको व्यवसाय गर्दै आएका छन् । 

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक बसन्त पाठकको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रजिअ शर्माले युवा अवस्थामा सामाजिक कार्यमा उत्कृष्ठ योगदान गरेको भन्दै प्रहरी प्रधान कार्यालयले उदासको उच्च मूल्यांकन गरेको वताईन । उनले समुदाय र प्रहरीको सहकार्यमा समाजमा शान्ति सुरक्षा अमनचयन र सामाजिक कार्य गर्न सकिने थुप्रै उदाहरण रहेको बताइन् ।


प्रतिकृया दिनुहोस