२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

बेलायती स्वास्थ्यमन्त्री नदिन डोरिजलाई कोरोना भाइरसको संक्रमण

बुधबार २८, फागुन २०७६ ०८:१६

बेलायती स्वास्थ्यमन्त्री नदिन डोरिजलाई कोरोना भाइरसको संक्रमण

एजेन्सी ।  बेलायती स्वास्थ्यमन्त्री तथा कन्जरभेटिभ पार्टीकी सासंद नदिन डोरिजलाई कोरोनाभाइरसको संक्रमण देखिएकाे छ।

डोरिज बेलायतमा कोरनाभाइरसको परिक्षणमा 'पोजेटिभ' पाइएकी पहिलो सासंद हुन्।

आफूलाई संक्रमण भएको पुष्टि भएपछि अपनाउनुपर्ने सम्पूर्ण सावधानी अपनाइरहेको उनले बताएकी छन्। हाल उनी आफ्नै घरमा 'सेल्फ आइसोलेसन'मा बसिरहेकी छन्।

बेलायतमा हालसम्म कोरोनाभाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ भने ३८२ जनामा संक्रमित भएका छन्।

डोरिजमा कोरनाभाइरसको संक्रमण पुष्टि भएपछि त्यहाँको पब्लिक हेथ इङ्ल्याण्डले डोरिजको सम्पर्कमा आएका मानिसहरूको लगत निकाल्न थालेको छ।

उनले हालैका दिनहरूमा वेस्ट मिनिस्टर र आफ्नो निर्वाचन क्षेत्रमा कतिवटा भेटघाट गरिन् भन्ने एकिन भइसकेको छैन।

संक्रमण भेटिएकी ६२ वर्षिया डोरिजले ट्वीट गर्दै 'सार्है खराब भयो तर मलाई जहाँसम्म लाग्छ म यसको सबैभन्दा खराब अवस्थामा छु' भनेकी छन्।

 ट्वीटमा उनले आफूसँग बस्दै आइरहेकी आफ्नी ८४ वर्षिय आमाले खोक्न सुरु गरेकाले त्यसलाई लिएर आफू चिन्तित रहेको बताएकी छन्।

'उहाँको भोलि परीक्षण हुँदैछ। सुरक्षित रहनुहोस् र सबै जना हात धुँदै गर्नुहोस्', ट्वीटमा उनले भनेकी छन्।

प्रधानमन्त्री बोरिस जोन्सन पनि सो कार्यक्रममा सरिक भएकाले उनको पनि कोरोना परीक्षण भए-नभएको वा गरिने-नगरिने भन्ने बारेमा केही सार्वजनिक नभएको बिबिसीले आफ्नो समाचारमा लेखेको छ।

 

 


#कोरोना भाइरस

प्रतिकृया दिनुहोस