२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

कोरोना संक्रमितलाई लाेक सेवा परीक्षाबाट वञ्चित नगर्न सर्वोच्चको आदेश

बिहिबार २९, असोज २०७७ ०५:२८

कोरोना संक्रमितलाई लाेक सेवा परीक्षाबाट वञ्चित नगर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कोरोना संक्रमितहरुलाई परीक्षामा दिनबाट वञ्चित नगर्न लोक सेवा आयोगलाई आदेश दिएको छ ।

कोरोना संक्रमितले आफू संक्रमित भएको स्वघोषणा गर्नुपर्ने र उनीहरु परीक्षामा सामेल हुन नपाउने भनी आयोगले बनाएको मापदण्डलाई सर्वोच्चले कार्यान्वयन नगर्न आदेश दिएको हो ।

न्यायाधीश सपना प्रधान मल्लको इजलासले सबै परिक्षार्थीलाई सुरक्षित रुपमा परीक्षामा सामेल हुन पाउने व्यवस्था मिलाउन पनि आदेश दिएको छ ।


#लाेकसेवा

प्रतिकृया दिनुहोस