२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

उपत्यकामा थपिए २ हजार २८३ कोरोना संक्रमित

सोमबार २६, असोज २०७७ ०४:३५

उपत्यकामा थपिए २ हजार २८३ कोरोना संक्रमित

काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप दुई हजार २८३  जना कोरोना संक्रमित देखिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौंमा एक हजार ८ सय ८८, ललितपुरमा २ सय ७७ र भक्तपुरमा १ सय १८ जना संक्रमित देखिएको बताएका हुन् ।

देशभर भने सोमबार ४ हजार ४७ जना संक्रमित भएका छन् । यस अनुसार देशभरी सक्रिय संक्रमितको संख्या ३३ हजार ८ सय ८० पुगेको छ ।


#काेराेना

प्रतिकृया दिनुहोस