२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

लोक सेवाकाे परीक्षा सञ्चालन मापदण्ड : कोरोना संक्रमितले सहभागी हुन नपाउने !

सोमबार २६, असोज २०७७ ०९:२७

लोक सेवाकाे परीक्षा सञ्चालन मापदण्ड : कोरोना संक्रमितले सहभागी हुन नपाउने !

काठमाडाैं । लोक सेवा आयोगले काेराेना संक्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड ल्याएको छ। मापदण्डमा परीक्षार्थीमा कोरोना संक्रमण भएको भए परीक्षा केन्द्र प्रवेश गर्न नहुने उल्लेख छ।

कोरोनाबाट सिर्जना हुन सस्ने स्वास्थ्य जोखिमलाई मध्यनजर गरी आयोगबाट सञ्चालन हुने प्रतियोगिताम्क परीक्षालाई प्रभावकारी र व्यवस्थित सञ्चालन गर्न आयोगले यस्तो मापदण्ड बनाएको उल्लेख गरेको छ।

सरकारले कोरोना महामारीकै बेला आयोगलाई परीक्षा सञ्चालन गर्न स्वीकृति दिएपछि यस्तो मापदण्ड बनाइएको हो।

आयोगले असोजदेखि नै सहसचिव, उपसचिव र कात्तिकमा शाखा अधिकृत लगायतको विज्ञापन गर्ने तयारीसहित यो मापदण्ड ल्याएको हो।

पहिलो चरणको परीक्षा सकिए पनि आयोगले कोरोना महामारीका कारण दोस्रो चरणका परीक्षा पनि स्थगित गर्दै आएको थियो। अब ती परीक्षा पनि सञ्चालनको तयारीमा आयोग पुगेको छ। स्वास्थ्य सुरक्षा सम्बन्धी सबै मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्ने आयोगले जनाएको छ।

एक परीक्षा केन्द्रमा एक सय परीक्षार्थी राख्ने र एउटा कक्षामा बढीमा २५ जना परीक्षार्थी राख्ने गरी व्यवस्थापन मिलाइने आयोगको भनाइ छ। परीक्षा केन्द्रमा २० थान मास्क र ५०० एमएल सेनिटाइजर र साबुनको व्यवस्था पनि आयोगले गर्दैछ।

परीक्षार्थी परीक्षा सुरू हुनु एक घण्टा अघि नै केन्द्रमा पुगिसक्नुपर्नेछ। मास्क, सेनिटाइजर र आफ्नो लागि खानेपानी परीक्षार्थी आफैंले लैजानुपर्नेछ।

पढ्नुहाेस् मापदण्ड 


#लाेकसेवा

प्रतिकृया दिनुहोस