२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

उपत्यकामा १४ सय १६ जना संक्रमित थपिए

आइतबार २५, असोज २०७७ ०५:१०

उपत्यकामा १४ सय १६ जना संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १४ सय १६ जना कोरोना संक्रमित देखिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजित पत्रकार सम्मेलनमा काठमाडौंमा ११ सय ४५, ललितपुरमा १६१ र भक्तपुरमा ११० जना संक्रमित देखिएको जानकारी दिएको हो ।

२४ घण्टामा जम्मा १२ हजार ७२७ पीसीआर परीक्षण भएका छन् ।

२४ घण्टाको अध्यावधिक विवरणमा शनिबार उपत्यकामा आइतबार २ हजार ६७२ जना संक्रमित थपिएका थिए ।

देशभर आइतबार २ हजार ७१ जना संक्रमित भएका छन् ।  


#काेराेना

प्रतिकृया दिनुहोस