२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

२ हजार ७१ जना कोरोना संक्रमित थपिए

आइतबार २५, असोज २०७७ ०५:०७

२ हजार ७१ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा आइतबार प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ७ हजार ७ सय ५५ पुगेको छ ।

देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३१ हजार ३ सय १५ पुगेको छ । पछिल्लो २४ घन्टामा १२ हजार ४ सय २७ पीसीआर परीक्षण भएका छन् । 


#काेराेना

प्रतिकृया दिनुहोस