२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

एकैदिन ५ हजार ८ जनामा कोरोना पुष्टि

शनिबार २४, असोज २०७७ ०४:२६

एकैदिन ५ हजार ८ जनामा कोरोना पुष्टि

 काठमाडौं । पछिल्लो २४ घण्टामा शनिबार ५ हजार ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ ।

देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३० हजार ८१८ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १२ सय २९ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७४ हजार २५२ जना पुगेको छ ।

 

#काेराेना

प्रतिकृया दिनुहोस