मङ्गलबार २७, फागुन २०७६ १०:०८
बैतडी— मेलौली नगरपालिकाकी–९ असुरमा एक बालिकालाई चितुवाले ओछ्यानबाटै लगेर मारेको छ ।
पदमराम लुहारकी ८ वर्षीया छोरी सीता लुहारलाई सुतिरहेकै अवस्थामा मंगलबार बिहान ४ बजेतिर चितुवाले लगेको हो ।
बालिकाको शव घरबाट ५ सय मिटर टाढा सिमखोलामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए ।
बैतडीको तल्लोस्वराड क्षेत्रमा ७ वर्षयता चितुवाले २७ जनाको ज्यान लिइसकेको छ । मृत्यु हुनेमा सबै बालबालिका र महिला छन् ।
प्रतिकृया दिनुहोस