२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

थप २०५९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ लाख नाघ्यो

शुक्रबार २३, असोज २०७७ ०४:४१

थप २०५९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ लाख नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा शुक्रबार थप २०५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १३ हजार २७९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६७६ पुगेको बताएका छन् ।

पछिल्लो २४ घन्टामा नेपालमा थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ ।


#काेराेना

प्रतिकृया दिनुहोस