बुधबार २१, असोज २०७७ ०४:४८
काठमाडौँ । पछिल्लो २४ घण्टामा बुधबार काठमाडौँ उपत्यकामा थप १ हजार ६८४ कोरोना संक्रमित देखिएका छन् ।
काठमाडौंमा १ हजार २९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ जना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा जम्मा १४ हजार २०९ पीसीआर परीक्षण भएका छन् ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ११ लाख १३ हजार ४८६ परीक्षणहरु गरिएका छन् ।
प्रतिकृया दिनुहोस