२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

नेपालमा काेराेना संक्रमितकाे संख्यामा रेकर्ड, एकैदिन थपिए ३ हजार ४३९ थपिए

बुधबार २१, असोज २०७७ ०४:४६

नेपालमा काेराेना संक्रमितकाे संख्यामा रेकर्ड, एकैदिन थपिए ३ हजार ४३९ थपिए

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा बुधबार थप ३ हजार ४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्या हालसम्मकै उच्च हो ।

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ९४ हजार २५३ संक्रमितको संख्या पुगेको जनाए ।

देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म २५ हजार ७ जना रहेको छ । २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १ हजार १२६ रहेको छ ।

यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ ।


#काेराेना

प्रतिकृया दिनुहोस