मङ्गलबार २०, असोज २०७७ ०३:२३
काठमाडौं । स्वास्थ्य तथा चिकित्सा शिक्षाको सुधारको माग राख्दै विगत २३ दिनदेखि अनशनरत डा केसीलाई भेट्न गएको सरकारी टोलीले अनशन रोक्न आग्रह गर्दै फर्किएको छ ।
शिक्षण अस्पतालममा अनशनरत डा केसीलाई भेट्न शिक्षा सचिवसहित ३ जनाको टोली अनशन रोक्न आग्रह गर्दै फर्किएको छ ।
उनीहरुले डाक्टर केसीलाई सरकारको तर्फबाट हालसम्म औपचारिक वार्ता टोली नबनेको पनि जानकारी दिएका छन् ।
सरकारीले टोलीलाई डाक्टर केसीले आफ्ना मागहरुमा छलफल गर्ने हो भने सरकारले आधिकारिक रुपमा वार्ता टोली बनाएर पठाउनुपर्ने अडान राख्दै उनीहरुलाई फिर्ता पठाइदिएका थिए ।
आफ्ना मागहरुबारे छलफल गर्ने हो भने औपचारिक रुपमा वार्ता टोली पठाउनुपर्ने उनको अडान छ ।
प्रतिकृया दिनुहोस