२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

तिन दिनको उपचारपछि ह्वाईट हाउस फिर्किए ट्रम्प

मङ्गलबार २०, असोज २०७७ ०२:४२

तिन दिनको उपचारपछि ह्वाईट हाउस फिर्किए ट्रम्प
तस्बिर : रोयटर्स

एजेन्सी। तीन रातको हस्पिटल बसाइपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउस फर्किएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि मेरिल्यान्डस्थित वाल्टर रीड मिलिट्री हस्पिटल भर्ना भएका ट्रम्प सोमबार साँझ ह्वाइट हाउस फर्किएका हुन् । ट्रम्प चाँडै नै चुनावी प्रचारमा सहभागी हुने अपेक्षा गरिएको छ । 

यसअघि राष्ट्रपति ट्रम्पका चिकित्सक डाक्टर सिन कोन्लेले ट्रम्पको स्वास्थ्य अवस्थामा सुधार आएको बताएका थिए । चिकित्सकहरुले ट्रम्प पूर्ण रुपमा निको नभए पनि घर फर्किनका लागि भने सुरक्षित रहेको बताएका थिए । राष्ट्रपति ट्रम्प अब राष्ट्रपति निवास ह्वाइट हाउसमै चिकित्सकीय निगरानीमा रहनेछन् ।

डा. सिन कोन्लीले ट्रम्प संक्रमित भएपछि दुईपटक अक्सिजनको मात्रा घटेको र डेक्सामेथासोन नामको स्टेरोइड दिइएको जनाएका छन् । डेक्सामेथासोनले शरीरमा दुखाइ कम गर्ने हर्मोनले जस्तै काम गर्छ ।

यसअघि बेलायतमा गरिएको परीक्षणमा कोरोना भाइरसको संक्रमणका कारण गम्भीर रूपमा बिरामी परेकाहरूको उपचारमा यसले प्रभावकारी भूमिका खेलेको दाबी गरिएको थियो ।


प्रतिकृया दिनुहोस