२०८१ मङि्सर ०७ गते शुक्रबार | 22 November, 2024

कोरोना संक्रमणबाट एकैदिन १९ जनाको मृत्यु

- विशेष खबर सोमबार १९, असोज २०७७ ०५:१६

कोरोना संक्रमणबाट एकैदिन १९ जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट २४ घण्टामा थप १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा ५ जना महिला र १४ जना पुरुष रहेका छन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेमा काठमाडौंका ९ जनाको मृत्यु भएको छ जसमा ७६ वर्षीया, ८१ वर्षीया र ८३ वर्षीया गरी ३ जना महिला रहेका छन् भने पुरुषमा २६ वर्षीय, ६५ वर्षीय, ६७ वर्षीय, ७८ वर्षीय, ८१ वर्षीय र ९१ वर्षीय रहेका छन् । त्यसैगरी ललितपुरका ३ वर्षीय बालक, ५५ वर्षीय पुरुष र ७१ वर्षीय पुरुष रहेका छन् ।

त्यसैगरी चितवनका ६२ वर्षीय, गोरखाकी ४५ वर्षीया महिला, नवलपरसाीपूर्वका ३६ वर्षीय पुरुष , सर्लाहीका ४२ वर्षीय र ६९ वर्षीय पुरुष, पर्साकी ६५ वर्षीया महिला र सुनसरीका ५५ वर्षीय पुरुष रहेका छन् ।

यससंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको हालसम्म ५५४ पुगेको छ ।


#कोरोना संक्रमणबाट मृत्यु

प्रतिकृया दिनुहोस