आइतबार १८, असोज २०७७ ०१:०८
काठमाडाैं । सर्वोच्च अदालतले कोरोना भाइरसका कारणले एकल इजलास मात्र सञ्चालन गरेको छ । केही न्यायाधीशमा संक्रमण देखिएपछि सर्वोच्चले एकल इजालास मात्र सञ्चालन गरेको अदालतका सहप्रवक्ता देवेन्द्र दाहालले जानकारी दिए।
दाहालका अनुसार सर्वोच्चमा संक्रमण कारणले केही न्यायाधीश अहिले होम आइसोसनमा रहने छन् । सर्वोच्चमा एकल, संयुक्त र बृहत इजलास सञ्चालन हुँदै आएका थिए ।
आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र अर्का न्यायाधीश डा मनोजकुमार शर्मा मात्र आएका छन् । न्यायाधीश डा. शर्माको एकल इजलास मात्र सञ्चालनमा छ ।
सहप्रवक्ता दाहालले एकल इजलासबाट रिट निवेदन, प्रारम्भिक सुनुवाइ हुने खालका र नगरी नहुने निवेदनको मात्र सुनवाइ हुने बताए ।
सर्वोच्च अदालतले जारी गरेको सूचनामा अदालतका न्यायाधीश, केही अधिकृत र कर्मचारी संक्रमित भएका र संक्रमित सबै होम क्वारेन्टिन र आइसोलेसनमा रहेका जनाएकाे छ ।
प्रतिकृया दिनुहोस