२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

थप २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि, २ हजार ४४ डिस्चार्ज

- विशेष खबर शनिबार १७, असोज २०७७ ०४:३२

थप २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि, २ हजार ४४ डिस्चार्ज

काठमाडाैं । पछिल्लाे २४ घन्टामा देशभर थप २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १२ हजार ९७८ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएकाे हाे।

यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ८४ हजार ५७० पुगेको छ। 

पछिल्लो २४ घण्टामा २ हजार ४४ जना कोरोनाबाट निको भएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको संख्या ६२ हजार ७४० पुगेको छ।

यस्तै काठमाडाैं उपत्यकामा थप ११७७ जना संक्रमण पुष्टि भएकाे छ । काठमाडौंका १००१ जना, भक्तपुरका ६७ र ललितपुरका १०९ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ३०२ रहेको छ। यस अवधिमा मृतक थप ८ जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५२८ पुगेको छ। 


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस