२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

कोरोनाभाइरसबाट विश्वभर १० लाख ३३ हजारको मृत्यु, भारतमा एक लाख नाघ्यो

शनिबार १७, असोज २०७७ ०१:२८

कोरोनाभाइरसबाट विश्वभर १० लाख ३३ हजारको मृत्यु, भारतमा एक लाख नाघ्यो

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या शनिबार १० लाख ३३ हजार ३३० पुगेको छ । 

कोरोना संक्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोना संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या एक लाख नाघेको छ । आजसम्म प्राप्त समाचार अनुसार भारतमा ६४ लाख ७३ हजार ५४४ जनालाई कोरोना भाइरस संक्रमण भएको र यस संक्रमणबाट एक लाख ८७५ जनाको मृत्यु भईसकेको छ ।  

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट संक्रमित हुनेको संख्या विश्वभर तीन करोड ४८ लाख ३६ हजार २८ पुगेको छ  । कूल  संक्रमितमध्ये २ करोड ५८ लाख ९७ हजार ९९६ निको भएका छन् भने करिब ७९ लाख ४ हजार ७०२ मानिस सक्रिय सङ्क्रमित छन् । 

विश्वभर अझै पनि ६६ हजार ३२५ मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने  संक्रमितको संख्या पनि ७५ लाख ४९ हजार नाघिसकेको छ ।  कोरोना संक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख १३ हजार ५२४ को मृत्यु भएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानीया ट्रम्प दुवैलाई पनि कोरोना भाइरस संक्रमण भएको छ । 
 


प्रतिकृया दिनुहोस