२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

अमेरिकी राष्ट्रपति ट्रम्पलाई थप उपचारका लागि सैनिक अस्पताल लगियाे

शनिबार १७, असोज २०७७ ०९:२१

अमेरिकी राष्ट्रपति ट्रम्पलाई थप उपचारका लागि सैनिक अस्पताल लगियाे

एजेन्सी । कोरोना भाइरसबाट संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई थप उपचारका लागि सैनिक अस्पताल लगिएको छ। उनलाई शुक्रबार भाइरसको संक्रमण पुष्टि भएको थियो। 

उनलाई उपचारका लागि बेथेस्डा, मेरील्याण्ड स्थित वाल्टर रिड नेशनल मिलेटरी मेडिकल सेन्टर लगिएको छ।

आफूलाई संक्रमण भएको घोषणा गरेको करिब १७ घण्टा पछि ट्रम्प उपचारका लागि सैनिक अस्पताल लान ह्वाइट हाउसमा आएको हेलिकप्टरतर्फ विस्तारै हिँडेर गएका थिए।

'मेरो विचारमा म एकदमै राम्रो गरिरहेको छु तर हामी यसले काम गर्नेछ भनेर सुनिश्चित गर्नेछौं', ट्विटरमा पोस्ट गरिएको छोटो भिडिओ पोस्टमा ट्रम्पले भनेका छन्।

सुरक्षात्मक सावधानी अन्तरगत अस्पताल रहँदा ट्रम्पले विशेष प्रकारको सुटमा काम गर्ने ह्वाइट हाउसकी प्रेस सेक्रेटरी कायलेग म्याकेनीले जानकारी दिएकी छन्।

ट्रम्पको स्वास्थ्यका बारेमा निकट जानकारी राख्ने श्रोतले ७४ वर्षीय ट्रम्पलाई मध्यम प्रकारको ज्वरो रहेको जानकारी दिएको छ। ह्वाइट हाउसका चिकित्सक शन पिङ कोन्लीले ट्रम्पलाई परीक्षणकै क्रममा रहेका औषधिहरू मिलाएर उपचार गरिएको छ। 
उनी थकित भएपनि उच्च मनोबलमा रहेको उनको भनाइ छ। 

महामारी सुरू भएपछि नै कोरोना संक्रमणलाई खासै महत्व नदिएका ट्रम्पले शुक्रबार पत्नीसहित आफूलाई कोरोना भाइरसको संक्रमण भएको घोषणा गरेका थिए। 

कोरोना कारण अमेरिकामा हालसम्म २ लाख बढी मानिसको मृत्यु हुनुका साथै अर्थव्यवस्था नराम्ररी प्रभावित भएको छ।

 


#डोनाल्ड ट्रम्प

प्रतिकृया दिनुहोस