२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

काेराेना संक्रमण पुष्टि भएका विश्वका राष्ट्र तथा सरकार प्रमुखहरु काे काे हुन् ?

शुक्रबार १६, असोज २०७७ ०८:३५

काेराेना संक्रमण पुष्टि भएका विश्वका राष्ट्र तथा सरकार प्रमुखहरु काे काे हुन् ?

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाइ कोरोना संक्रमण भएसँगै उनी पनि कोरोना भाइरसबाट संक्रमित विश्व नेताहरुको सूचीमा परेका छन् । 

यसअघि अन्य केही देशका राष्ट्र तथा सरकार प्रमुखहरु पनि कोरोना भाइरसबाट संक्रमित भएका थिए । अहिले सम्म काेराेना संक्रमण पुष्टि भएका राष्ट्र तथा सरकार प्रमुखहरु काे काे हुन् ? हेर्नुहाेस्

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन 

बेलायती प्रधानमन्त्री बोरिस जोनसन कोरोना भाइरसबाट सङ्क्रमित हुने विश्व नेताहरुमध्ये पहिलो हुन् । उनलाई गत अप्रिलमा संक्रमित भएपछि आइसियुमै राख्नुपरेको थियो । उनलाई अस्पतालमा भर्ना गरेर आक्सिजन नै दिनुपरेको थियो । तर भेन्टिलेटरको आवश्यकता भने परेको थिएन । 

ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारो

ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलाई गत जुलाईमा कोरोना भाइरसको संक्रमण भएको थियो । उनले संक्रमित भएको बेला मलेरिया विरुद्धको औषधि प्रयोग गरेर कोरोना भाइरसका लागि मलेरिया विरुद्धको औषधिले काम गर्छ भन्ने सन्देश पनि दिन खाेजेका थिए । त्यो अहिले पनि अप्रमाणित नै रहेको छ । उनले सामाजिक दुरी काम गर्ने, माक्सको प्रयोग गर्नेलगायत मान्यतालाई बेवास्ता गरेका थिए। उनी लकडाउन विरोधी नेताका रुपमा पनि चिनिनुहुन्छ । यस्तै बोल्सोनारोकी श्रीमती पनि काेराेना संक्रमण भएकाे थियाे । 

होन्डुरसका राष्ट्रपति हुवान ओर्लान्डो हर्नान्डेज

होन्डुरसका राष्ट्रपति हुवान ओर्लान्डो हर्नान्डेजलाई गत जुन महिनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । राष्ट्रपति हर्नान्डेजसँगै उनकी आफ्नी श्रीमती र दुई जना सहयोगीमा पनि संक्रमण देखिएको थियो । तर उनिमा लक्षण भने सामन्य मात्रै देखिएको बताएका थिए। 
 
गुटेमालाका राष्ट्रपति एलेजन्ड्रो गियामाते

 कोरोना भाइरसबाट संक्रमित भएका विश्व नेताहरुको सूचीमा गुटेमालाका राष्ट्रपति एजेन्ड्रो गियामाते पनि छन् । उनलाई गत सेप्टेम्बरमा संक्रमण पुष्टि भएको थियो । आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि टेलिभिजन सम्बोधनमार्फत उनले आफूलाई कुनै लक्षणहरु भने नदेखिएको उल्लेख गरेका थिए । 

बोलिभियाका अन्तरिम राष्ट्रपति जेनिन अनेज

बोलिभियाका अन्तरिम राष्ट्रपति जेनिन अनेज पनि कोरोना भाइरसबाट संक्मित भएका थिए। उनलाई गत जुलाईमा संक्रमण भएको हो । संक्रमित भएपछि अनेज आइसोलेशनमा बसेका थिए  । कोरोनाबाट संक्रमित हुने उनि ल्याटिन अमेरिकी तेस्रो राष्ट्रप्रमुख हुन् । त्यसअघि ब्राजिली राष्ट्रपति बोल्सेनारो र होन्डुरसका राष्ट्रपति हर्नान्डेजमा पनि संक्रमण पुष्टी भएको थियो ।बोलिभियामा सरकारका चार जना शीर्ष अधिकारीहरुमा समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।

डोमिनिकाका राष्ट्रपति लुइस अबिनाडेर 

गणतन्त्र मोमिनिकाका नवनिर्वाचित राष्ट्रपति लुइस अबिनाडेर जुलाईमा कोरोना भाइरसबाट संक्रमित भएका थिए । उनि आफ्नो चुनाव प्रचारप्रसार अभियानकै क्रममा संक्रमित भइ संक्रमणमुक्त भएका समाचारमा जनाइएको छ । उनि निर्वाचन हुनु अगाडि नै हप्ता लामो आइसोलेशनमा पनि बस्नुपरेको थियो ।  

इरानका उपराष्ट्रपति र मन्त्रीहरु 

कोरोना भाइरसको महामारीको मध्यपूर्वको केन्द्रविन्दु बनेको इरानका पनि उपराष्ट्रपति र मन्त्रीहरु कोरोना भाइरसबाट संक्रमित भएका थिए । देशका बरिष्ठ उपराष्ट्रपति इशाक जाहानगिरि र उपराष्ट्रपति मस्सौमेह इब्तेकरमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । त्यस बाहेक मन्त्रिपरिषद्का अन्य सदस्यहरु पनि संक्रमित भएका थिए । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी श्रीमती मेलानिया ट्रम्पलाई कोरोना संक्रमण देखिएको छ । शुक्रबार बिहान ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले आफू र पत्नी मेलानियालाई कोरोना भएको जानकारी दिएका हुन् । कोरोना देखिएपछि आफूहरु क्वारेन्टाइनमा बस्ने पनि उनले जानकारी दिएका छन् ।

यीबाहेक रूसका प्रधानमन्त्री मिखाइल मिसुस्तिन, आर्मिनियाका प्रधानमन्त्री निकोल पसिनयान, बेलायतका राजकुमार चाल्र्सलाई पनि कोरोनाको संक्रमण पुष्टि भएको थियो । त्यसैगरी धेरै देशका सरकार तथा राष्ट्र प्रमुखका श्रीमती तथा परिवारजन र धेरै देशका मन्त्रीसहितका उच्च अधिकारीहरु पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए ।

विश्वव्यापी रुप्मा फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभरी दश लाख २८ हजार १९६ जनाको मृत्यु भएको छ । 

कोरोनाबाट संसारभरी कुल तीन करोड ४५ लाख १७ हजार ४४६ जना संक्रमित भएका छन् भने ती मध्ये दुई करोड ५६ लाख ८८ हजार ७७२ जना संक्रमणमुक्त भएका छन् ।  


प्रतिकृया दिनुहोस